nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा ट्राफिक प्रहरी जवानको हत्या

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ६, २०८१, ४:५९ मध्यान्ह
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा ट्राफिक प्रहरी जवानको हत्या

जेठ ६ गते। गत ४ जेठमा ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत फेला परेका थिए । काठमाण्डुको तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत अवस्थाका फेला परेका हुन । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ ।

गत ३ जेठमा३ मा ड्युटी सकेर गोङ्गबु गणेशस्थान स्थित डेरामा पुगेर उनी मनमैजु हिलेटोल स्थित खाजा घर गएका थिए । हरियो पर्दा भएको होटलमा खाजा खाँदै गर्दा बालाजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने सचिन परियार ‘आइते’ र अञ्जली श्रेष्ठ आइपुग्छन् ।

भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय सचिन परियार र नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भई सो क्षेत्रमा बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ ‘लिभ–इन पार्टनर’ हुन् । उनीहरूले प्रहरीसँग लिभ–इन रिलेसनमा रहेको बताएका छन । खाजा घरमा युवराजले अञ्जलीलाई आँखा झिम्क्याएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन । सचिनले सो कुरा मनमा लिए ।

खाजा घरमा सँगै खाजा खाएपछि अञ्जलीले आफूलाई स्वास्थ्य समस्या भएको बताएकी छन । सचिनले प्रहरी जवान घिमिरेलाई भने–‘हामीलाई घरसम्म मोटरसाइकलमा छाडिदिनुस् ।’ स्थानीय जोनस खत्रीको निर्माणाधीन घरमा बस्ने सचिन र अञ्जलीले सो ठाउँलाई आफ्नो घर बताएका थिए । प्रहरी जवानसहित ३ जना मोटरसाइकलमा त्यहाँ पुगे । भवनमा पुगेपछि सचिनले भने–‘सम्धी भित्र बसौँ ।’

निर्माणाधीन घरमा मोटरसाइकल नपुग्ने भएकाले घिमिरेले मोटरसाइकल केही मिटर तल रोके । हेलमेट सचिनले बोकेर हिँडे । घरभित्र पुग्ने बित्तिकै सचिनले घिमिरेलाई अन्धाधुन्ध हेलमेटको टाउकोमा प्रहार गरे । सो भवनमा १३ वर्षीय नाबालकसहित ५ जना सुतिरहेका थिए । सचिनले भने–‘सबै जना उठ्, आज यो पुलिसलाई ठिक पार्नुपर्छ ।’ अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार घिमिरेले ‘पानी पानी भनेर कराए ।’

सचिनले चिच्याए मारिदिने धम्की दिए । स्याङ्जा आँधीखोला गाउँपालिका–३ घर भएर मनमैजु क्षेत्रमा बस्ने २१ वर्षीया बसुन्धरा कार्की उर्फ बिपनाले पानी दिइन् तर, सचिनले सो पानी घिमिरेलाई खान दिएनन् ।

अनि, हत्या गरेर घरको बाहिरपट्टि म्याटले छोपिदिए । हत्या गरेर जवानको कपडा र बुट जलाएर आरोपीहरू त्यहाँबाट भागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन । हत्यामा संलग्न आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार ‘आइते’, १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका–३ घर भएर मनमैजु क्षेत्रमा बस्ने २१ वर्षीया बसुन्धरा कार्की उर्फ बिपना, आँधिखोला घर भएर सो क्षेत्रमा निर्माणाधीन घर र पेटीमा बस्ने ५६ वर्षीया नुनमाया कार्की छन् ।

नुवाकोट तादी गाउँपालिका घर भएका २१ वर्षीय बुद्ध लामा र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भएर सो क्षेत्रमा बस्ने ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङलाई पनि प्रहरी पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका बालक उदयपुरका हुन् । मृतक ३२ वर्षीय घिमिरे खोटाङको मझुवागढी गाउँपालिका–१ का स्थानीय हुन् ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि