बैशाख १८ गते। धुलिखेल नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन्।
गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ जिमिरेका ५६वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीया शान्ता लामा र झापा घर भइ हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीया ठुलीमाया तामाङ रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।















Discussion about this post