चैत २३ गते। सिरहामा पिकप गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाही बस्ने सुरज साहका १० वर्षीय छोरा मन साह रहेका छन् ।
प्र.२-० १००१च ०३७६ नम्बरको कुखुरा ओसारपसार गर्ने पिकपले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनापछि ठक्कर दिने पिकप चालक फरार भएका छन् । बालकको शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमै राखिएको छ । फरार पिकप चालकको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post