nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ‘ब्रहम्लुट’, नियामक निकाय मौन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ९, २०८०, ११:४३ बिहान
सिरहा मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ‘ब्रहम्लुट’, नियामक निकाय मौन

मुकेश कुमार यादव/सिरहा/चैत ९ गते । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसँग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भूमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख सुधिर यादवकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसँग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो ।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसँग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाइल संघको नाममा ३५ सय रुपैयाँ दस्तुर लिए पनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहीहरु बताउँछन् । मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार– १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ ।

उनले भने, ‘गत फागुन २७ गते जग्गा पास गराउन गएको थिएँ । मलपोत कार्यालयको गेटमै बस्ने शत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्‍यो । लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो । हामीले ३६ सय रुपैयाँ तिरेर आए पनि केही कारणबस् मैले लिएको जग्गा पास भएन । काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने । संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुँदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ ।’

‘अब रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ । त्यसैले यो रकम फिर्ता हुँदैन भन्दै मलाई फर्काइयो’; ठाकुरले भने, ‘मेरो काम पनि भएन पैसा पनि त्यतिकै डुव्यो ।’ मालपोत कार्यालयमा ठाकुर जस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ । काम नभए पनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुली हुने गरेको सेवाग्राहीहरु बताउँछन् ।

मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जाँदा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन् । जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तोसुकै व्यक्ति पुगे पनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाइल अगाडि बढाउँदैनन् । त्यहाँ अब म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ ।’

उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा, प्रति कार्यालय प्रमुखको नाममा प्रतिफाइल ३ हजारदेखि ५ हजारसम्म घुस दिन बाध्य बनाउने गर्छ ।’ सेवाग्राहीहरुले बुझेर पनि अनबुझझै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए । हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन् ।

यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन् । तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ । यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डा जस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ । त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन् ।मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ । सवै नियमक निकायको अड्डा जिल्लामा हुँदाहुँदै पनि यहाँ दैनिक सेवाग्राही ठगिने गरेको छ । यहाँको नियामक निकायको मौनताले थप आशंका उब्जेको जानकारहरु बताउँछन् । –न्यूज कारखाना

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि