फागुन २४ गते। त्रिशूलीमा बस दुर्घटमा थप एक जनाको शव फेला परेको छ। बिहीबार बिहान साढे ११ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो।सशस्त्र प्रहरी बलका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो। मृतक अन्दाजी २०-२५ वर्षीय पुरूष छन्।
उनको शव नदीबाट निकालिएको छ। पहिचान खुलाउने काम भइरहेको छ।बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४ः४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।















Discussion about this post