nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोरोना कहरबीच पनि मिथिलाञ्चलमा दियाबातीको उत्साह कायमै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३०, २०७७, ४:१५ मध्यान्ह
कोरोना कहरबीच पनि मिथिलाञ्चलमा दियाबातीको उत्साह कायमै

जनकपुरधाम।कोरोना कहर कायमै रहे पनि मधेसका गाउँमा दियाबाती (दीपावली) ले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा पहिलो दिन दियाबाती, दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिन तिहार मनाइन्छ। असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्व दियाबातीले कोरोनारूपी अन्धकारलाई पराजित गरी उज्यालो सञ्चार गर्ने भरोसाले ग्रामीण भेगदेखिदेखि सहरसम्मलाई छोएको छ। रावणको वध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका रूपमा दीपावली मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा प्रचलित छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ। दियाबातीको आगमनसँगै मधेसका अधिकांश घरमा माछामासु पाक्दैन। शाकाहारी परिकार नै पाक्छ। धनतेरस (कागतिहार मनाइने दिन) देखि पूर्ण शाकाहारी विधिले पूजापाठ गर्छौं, लहान नगरपालिका–४ की गृहिणी सुनिता यादवले भनिन्, यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ। यसपालि भगवान्सँग कोरोना महामारी समाप्त होस् भन्ने कामनासहित पूजा गर्छौं। मुलुकका अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाका दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबातीका दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियोमा घ्यू वा तोरीको तेल हालेर बत्ती बालेर तथा अन्य बिजुली बत्ती बालेर घर झकिझकाउ पारिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन्, जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन मधेसमा छ। नागरिक दैनिकबाट

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!