पर्सा/श्रावण २२ गते । पर्समा स्रोत नखुलेको १ लाख २४ हजार सात सय साठी भारतीय रुपैयाँ सहित एकजना प क्राउ परिएका छन् ।
पर्सा जिल्ला काे पर्सागढी नगरपालिका वडा नं. १ बाट सशस्त्र प्रहरीले नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला पश्चिम चम्पारण पाेष्ट भंगाहा जसाैली बस्ने ३५ वर्षीय लालु मियाँ रहेका छन् ।
पर्साकाे मनवाबाट खटिएको प्रहरी टोलीले अवैध नगदसहित एकजनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएका छन् ।
पर्साबाट प्रहरीले आइतबार बिहान १० बजेको सम्यमा BR२२ Aj३१९९ नम्बरको कालो रंगभएको सुपर स्पलेण्डर मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो ।
आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले बताए ।














Discussion about this post