श्रावण १६ गते । सिरहाको गोलबजारमा एक अपरिचित युवकको श व फेला परेको छ।
सिरहाको गोलबजार नगरपालिका २ गागन खोलाको पश्चिम किनारमा आज मंगलबार विहान करिव २५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको हो।
खोला किनारको झाडिमा भेटिएको युवकको शव हत्या गरि फालिएको हुन सक्ने प्रहरीले जनाएको छ। टाउँमा चोट लागेको र घाँटीमा गम्छा बाँधीएको अवस्थामा भेटिएको अन्यत्र हत्या गरी यहाँ फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
अनुहारमा किरासमेत लागेकाले दुई तीनदिन अघिनै घटना भएको हुनसक्ने अनुमान गरिएको छ। अहिले शव घटनास्थलमै रहेको छ। प्रहरीले शव भएको क्षेत्रलाई सुरक्षीत गरी घटना वरपरका स्थान निरीक्षण गरिरहेको छ।
त्यस क्षेत्रमा गोलबजार हटियामा बेच्न ल्याउने राँगा काट्ने काम भएकाले विहान राँगा काट्न गएका मो. नौसाद पिसाव फिर्न झाडितिर गएका बेला शव देखेर प्रहरीलाई खवर गरेका थिए।घटनाबारे अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post