सिरहा/श्रावण १३ गते। सिरहा प्रहरीले ब्राउन सुगर सहित लहानबाट एक युवकलाई प क्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २२ लवटोलीबाट स्थानीय २९ वर्षिय दिनेश यादव रहेको प्रहरीले जनाएको छ।
विशेष सुराकीको आधारमा प्रहरीले गाउँमा ब्राउसुगर विक्रि भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले यादवको साथबाट दुई वटा प्लास्टिकमा पोको पारेको उल्लेखित ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
प्रहरीले बरामद गरेको ब्राउन सुगरको तौल गर्दा ३ ग्राम ६ सय मिलिग्राम रहेको र उनको साथ बाट २१ हजार ८२० रुपैयाँ तथा मोबाईल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post