सिरहा/श्रावण ३ गते । सिराहा जिल्लाको लहान दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गइरहेको छ। लहान नगरपालिकाको नहर समयसमयमा सफा नगरिदा यतिबेला नहर फोहोरै फोहोरले भरिएको छ। तर, यस विषयमा नगरप्रमुख मेयर महेश प्रसाद चौधरीले कुनै किसिमको चासो देखिएको छैन । यो सँगै व्याप्त फोहोरका कारण लहान नगरपालिका भित्रका वडा, टोल , लहान बजार दुर्गन्धित बनेको अवस्था छ ।

असार बितिसक्दा समेत साउन पहिलो साता चलिरहँदा पनि नहरको सरसफाइमा कुनै चासो नहुनु दुखद् भएको बताउँछन् लहानका स्थानीय चन्देश्वर महतो ।
वहाँ भन्नुहुन्छ – असारमा पानी पर्दा नहर फोहोरै फोहोरले जाँम हुन्छ । अहिलेको अवस्थामा नहरमा प्लास्टिक जन्यपदार्थ भरिएको छ । नहरमा घाँसपात , विभिन्न किसिमको ठाउँठाउँमा झाडीहरु उम्रेर विरुवाको रुप लिइएको छ। नहरभित्र कालो पानी जमेर पुरै दुर्गन्धित र नराम्रो वास्ना आउने गरेको देखिन्छ । लहानको दुर्गन्धित नहरका कारण लामखुट्टेको घर बन्दा शारीरिक मानसिक स्वास्थ्य प्रत्यक्ष असर हुने गरेको स्थानीयहरु बताउँछन् । फोहोर नहरका कारण नहर छेउछाउका घरभित्र बस्न खपठ्यारो हुन्छ। लहानमा लामखुट्टेका कारण डेङ्गु , स्वाशप्रस्वास , रुघाखोकी , ज्वरो लगायत अनेकन रोग व्याधि फैलिने गरेको अवस्था छ।
यता, लहान नगरपालिकाले फोहोरको उचित व्यवस्थापन दिगोपना कुनै सकारात्मक कदम चालेको पाइदैन ।
यता, लहान बजारको प्रत्येक घरडेराबाट फोहोर उत्सर्जन हुन्छ , होटल , कलकारखाना, उधोग , कलकारखाना ,अस्पताल , स्कुल खाली मैदान र पसलहरुबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । यसको निराकरणका लागि दीर्घकालीन सोच समभ्बत नयाँ नयाँ योजनाहरु निर्माण गरिनुपर्ने अवस्था छ।
यसै फोहोर नियन्त्रणको विषयमा लहान नगरपालिकाका स्थानीय चन्देश्वर महतोका अनुसार – प्रत्येक आर्थिक वर्षमा लहानमा १ अर्ब बढी बजेट पास गर्दछन्।
तर, १०/१५ प्रतिशत काम हुन्छ बाँकि सबै गुणस्तरहीन, अनियमितता र भ्रष्टाचार गरि जनप्रतिनिधि तथा कर्मचारी मिलेमतोमा झवाम्म हुने गरेको बताउँछन् ।

















Discussion about this post