प्रेमशिला यादव/सिरहा/श्रावण २ गते। सातामा लाग्दै आएको सिराहा सदरमुकामका बजारमा खुद्रा व्यापारीहरु अनावस्यक बट्टीको मारमा परेका छन ।
सिरहाकाे गुदरी बजारमा दिनमा दुई पटक बट्टी उठाइन्छ
सिरहा सदरमुकाम सिरहामा लाग्ने तरकारी गुदरी बजारमा रु ५०० देखि रु १००० को पूंजी लगाएर ब्यापार गर्दै आफ्ना र बालबच्चाहरुको जिबिका चलाउँदै आएका खुद्रा गरिब व्यापारीहरुको समस्या पीडादायी रहेको छ ।
व्यापारको लागि पूंजी रकम रु १००० रुपैया लगाएर बजारमा खुद्रा व्यापार गर्दै आएका उनीहरूको समान कहिले २०० देखि ३०० सम्मकाे व्यापार हुने कहिले नहुने,अवस्था रहेको देखिन्छ ।
स्थानीय सरकारले यी ब्यापारीहरुलाई थप सहयोग गर्नुकाे साटो बजारलाई ठेक्का सम्झौता गरी गरिब ब्यापारीहरुसंग बिहान र बेलुका बट्टी उठाई रहेका छन ।
करोडौंले बिकास गर्न नसक्ने उनै विज्ञहरुले आफु र आफ्नो परिवारको छाक टार्न दुई चार पैसा कमाउनेहरुसंग बट्टी उठाएर सिरहालाई स्मार्ट सिटी बनाउन खोज्नु कतिसम्म उपयुक्त हुन्छ ?
बजारमा आँखाबाट आँशु झार्दै एक व्यापारी भन्नु हुन्छ ” सामानको विक्री नभएपछि गरिब ब्यापारीहरु पैसा तिर्न नसकेपछि बजारको बट्टी उठाऊँने मान्छेले तराजु लिएर व्यापारीलाई दुःख दिने गरेको ‘अवस्था रहेको देखिन्छ ।
सिरहाको गुदरी बजारकाे समस्या बुझेर तत्काल यस बजारको ठेक्का तोड्न उधाेग बाणिज्य संघ ,स्थानीय सरकार ,जिल्ला प्रहरी कार्यालय सिराहा ,सिडियाे कार्यलय र स्थानीय राजनीतिक दलका नेताहरुकाे ध्यान आकर्षण हुन जरुरी रहेको देखिन्छ ।

















Discussion about this post