गुरुदेव अधिकार/सिरहा/असार १३ गते। मधेश प्रदेश सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न. ४ खैरबोना चौकमा ग्रेडरको ठक्करबाट साईकल यात्रीको मृ त्यु भएको छ।
खैरबोना चौकमा असार १० आइतबार बिहान करिब १०:१५ बजे घटेको दुर्घटनामा सखुवानन्कारकट्टी वडा न ४ टोल सिमरहा बस्ने अन्दाजी वर्ष ५० को साइकल यात्री अशोक यादवलाई पछाडिबाट नै ग्रेडरले ठक्कर दिदा यादव गम्भीर भएको थियो।
यादव गम्भीर घाइते भए पश्चात् उपचारका लागि बिराटनगर लादा उपचारको क्रममा बिराटनगर कै एक अस्पतालमा मृ त्यु भएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post