बिनोद मण्डल/आषाढ ११ गते । सिराहाको धनगढीमाई १३ मा रहेको श्री आधारभूत कैलाशपुर भोर्नेनी स्थित रहेको विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापक अमर योञ्जनले विद्यालयको पठपाठन देखि विद्यालयका सबै गतिविधिलाई पारदर्शि गर्दै आउनु भएको छ ।
विद्यालयको भौतिक संरचना र वातावरण सिर्जना गर्नमा वाडा अध्यक्ष सूर्यमान तामाङले अहम भूमिका खेलेपछि विद्यालयको भौतिक तथा शैक्षिक वातावरणमा आमूल परिवर्तनको आभास भएको अवस्था रहेको देखिन्छ ।
प्रधानाध्यापक अमर योञ्जन एक बौद्धिक क्षमता भएको ब्यक्ति भएको कारण विद्यालयमा खाने पानी, शौचालय , शिक्षक ब्यबस्थापन लगायतका कार्यहरूमा पारदर्शिता कायम गर्दै पठन पाठनलाई अगाडि बढाई रहनु भएको छ ।
समयमा विद्यालयको कामलाई निरन्तरता दिदैं आएको अवस्थामा प्रधानाध्यापक अमर योञ्जनले वाडा अध्यक्ष सूर्यमान तामाङकाे रोहवरमा बिद्यार्थी छात्रवृत्ति वितरण गर्नु भएको छ । पठन पाठन अत्यन्त राम्रो रहेको यस विद्यालयमा अन्य बर्षको तुलनामा करिब ६० प्रतिशत भन्दा बढीको संख्यामा बिद्यार्थी भर्ना भएका छन ।

















Discussion about this post