सिरहा/असार ५ गते । सिरहामा भ्याबरेटर मेशीनबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहा जिल्लाको धनगढीमाई नपा ५ घर भएका ३५ वर्षिय शिव नारायण कामत रहेको छ। सिरहाको लहान २२ मा छत ढलानको क्रममा भ्याबरेटर मेशीनबाट करेन्ट लाग्दा मृत्यु भएको हो।
दिदीको घरको छत ढलान गर्ने क्रममा सहयोगको लागि पुगेका उनको भ्याभरेटर मेशीनको सर्किटसर्ट भएर करेन्ट लागेर घाइते उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए।
मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतको छोरा रहेको स्थानीय राजेन्द्र प्रसाद यादवले जानकारी दिएको छ।
मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ।

















Discussion about this post