nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा भया वह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०८०, १०:५३ बिहान
सिरहामा भया वह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता

सिरहा/जेठ २६ गते। पछिल्लो समय सिरहामा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार व्यापक रुपमा भईरहेको पाइएको छ।

जिल्लाको दक्षिण सिमावर्ती क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुको फितलो निगरानीका कारण सिरहामा दिनप्रतिदिन लागु औषधको बिक्रीवितरण तथा ओसारपसार व्यापक रुपमा बढीरहेको पाइएको हो।

सिमा नाकाका क्षेत्रहरुमा लागुऔषध तस्करहरुले रातभरी भारतीय बजारबाट खरिद गरि ल्याइएका लागुऔषधहरु नेपालको सिमानाका वरिपरिका गाउँघरमा भण्डारण गरी सिमानाकामा खटिएका प्रहरीहरुलाई नजराना तिरी लागुऔषधको कारोवार गरिरहेको नाम नखोल्ने सर्तमा एकजना लागुऔषध सेवनकर्ता बताउँछन्।

जिल्लाको विभिन्न नाकाहरु ठाडी, झाझपट्टी, बरहरी, वरियारपटि,औरही,र खैरटोका (माडर) तथा चोरबाटोहरु प्रयोग गरी सशस्त्रप्रहरी बल र नेपाल प्रहरीहरुकै आखाँ अगाडीबाट दैनिक ब्राउन सुगर,नाइट्रोजन टयाबलेट,नाइट्रोभेट,कोरेक्स सिरप,डिसि.डाइलेक्स,फेनार्गन लगायतका लागु औषध तस्करहरुले वारीपारी गर्ने गरेको स्थानिहरु बताउँछन्।

बुधबारमात्र सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित लागुऔषध सहित एउटा मोटरसाइकल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट कोविवेल सिरफ एक सय एमएलको दुई सय बोतल, डल्फ डीसी एक सय एमएलको ५० थान, नाइट्रोजन ट्याबलेट ९१ थान सहित प्र. १–०५–००१प ७६०८ नम्वरको मोटराइकल बरामद गरेको हो।

प्रहरीले सरप्राइज चेकिङमा रहेका देखेर लागुऔषध तस्करहरु भाग्ने क्रममा मोटरसाइकल लड्न पुगेको थियो। मोटरसाइकल लडाएर भागेपछि शंका लागि झोला चेकजाँच गर्दा झोलाभित्र रहेको प्लास्टिकको बोरामा सो परिणामको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

लडेको मोटरसाइकल उठाउन पुगेको स्थानीय र प्रहरीलाई देखेपछि मोटरसाकलमा सवार दुवैजना झोला छोडेर फरार भएको एक प्रत्यक्षदर्शीले जनाए। लगतै आएका स्थानीय र प्रहरीले झोला खोली हेर्दा बोराभित्र प्याक गरेको सामान बरामद भएको प्रहरीको भनाई छ।

बरामद मोटरसाइकल धनीसँगको समन्वयमा उनीहरुको खोजीकार्य थाल्ने प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

त्यसैगरी, गत चैत ७ गतेका दिन भारतीको मधुवनी प्रहरीले पश्चिम बंगालको ब्राउन सुगर कारोबारीलाई विशेष सुचनाको आधारमा ७ जना भारतीय र २ जना सिरहाको युवाहरु पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका मो.हुमायु कविर, मो.नइम, मो.सरयुल शेख,सोेही ठाउका बाबर अली मो.जसिम, असमाउल हक, नशिव शेख र सिराहाको नरहा बस्ने सोनम कुमार यादव, गोलबजार नपा ७ बस्ने मनोज कुमार शर्माको साथबाट ६ सय ५० ग्राम ब्राउन सुगर , २ लाख ५८ हजार भारतीय रुपैयाँ ,१२ हजार नेपाली रुपैयाँ तौल गर्ने मेशिन थान ३ सहित नियन्त्रणमा लिएको थियो ।

यसलाई मात्र आधारमान्दा पनि सिरहामा लागुऔषधको तस्करीको अवस्था भयावह रहेको पुष्टि गर्छ।

सशस्त्र प्रहरीवलको ७ वटा विओपी, र नेपाल प्रहरीको सोही सिमानाका एरियामा ७ वटा इलाका प्रहरी कार्यालय रहेपनि तस्कर र सेवनकर्ताहरु सयौँको संख्यामा वारीपारी गर्दापनि प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन्।

सिमानाकाहरु खुकुलो भएसँगै लागुऔषधको कारोबार पनि भयावह रुपमा बढेको स्थानीयहरु बताउँछन्।

सिरहा प्रहरीको सफलता

सिरहा प्रहरीले चालु आर्थिक वर्षमा २ सय ६२ जना लागुऔषध कारोवारी र सेवनकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन्।

प्रहरीले गोप्य सूचनाको आधारमा हालसम्म १ सय ८४ वटा मुदामा ३ जना महिला र २ सय ५९ जना पुरुष सहित लागुऔषध कारोवारी तथा प्रयोग कर्ता प्रक्राउ गर्न सफल भएको प्रवक्ता पाण्डेले बताए।

प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३ सय ६६ किलो गाँजा, १ सय ३९ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर,र अन्य औषधि जन्य लागुपदार्थ नाइट्राभेट ३ हजार ९ सय ५८ पिस टयाब्लेट,नाइट्राकार,२ सय,क्उबकmय उचयहथखयल उगिक ६ सय ६५ पिस,डाइलेक्स डि.सि. ४ सय १६ बोतल सिरफ,डाइजेपाम २ हजार ३९५ एम्पुल,फेनारगन २ हजार ९८८ एम्पुल लगायत ठुलो मात्रामा लागुऔषधहरु बरामद गर्न सफल भएको प्रवक्ता पाण्डे बताउँछन्।

उनले भने, ‘ लागु औषध नियान्त्रणमा हामी कटीबद्ध भई लागीपरेको बताए। उनले, ‘लागु औषध नियन्त्रणमा अभिभावक, युवा, नागरिक समाज लगायतले आ–आफनो भुमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ।’

प्रहरीले लागुऔषध नियन्त्रण गर्न निम्न प्रयासहरु गरेपनि तस्करहरु सिरहाको विभिन्न नाकाहुँदै उदयपुरको कटारी र गाइघाट सम्म लागुऔषध विक्रिवितरणका लागी पुर्याउने गरेको स्रोतले जनाएको छ। जिल्लाका गाउँ गाउँका स–साना औषधी पसलहरुमा पनि प्रतिवन्धित लागुऔषध लुकाई छिपाई विक्रि गर्नेगरेको स्रोतको दाबी छ।

प्रहरीले दैनिक रुपमा केही लागुऔषध तस्कर तथा सेवनकर्ताहरु पक्राउ गरेपनि लागुऔषधको कारोवारी तथा सेवनकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको प्रति स्थानीय अभिभाकहरु चिन्तित छन्।

नेपालमा प्रतिबन्ध गरिएका लागुऔषध भारतीय बजारमा सहजै पाउने र सिमानाकाहरुमा फितलो निगरानीका कारण सहज रुपमै वारीका बजारसम्म आउने भएकोले दिनदिनै गाँउ घरका युवाहरू लागु औषधको शिकार बनिरहेको जानकारहरू बताउछन्।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि