जेठ २ गते। खेतमा गाडेर लुकाइएको अवस्थामा २० क्वीन्टल फलामको डन्डी बरामद भएको छ। वीरगंज-३१ को बेलवा-मुसौली खण्डमा पर्ने भेडाहा खोलाको पुल ६ वर्षअघि निर्माण भएको थियो।
प्रहरीका अनुसार पप्पु-समा कन्स्ट्रक्सनका चौकीदार हबिब मियाँ अन्सारीले करिब २० क्वीन्टल छड चोरेर आफ्नो खेतमा लुकाएको खुलेको छ। उक्त छड बिहीबार राति ८ बजे स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन्।
प्रहरी चौकी मिलनचोकले छडसहित मियाँलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।
मियाँले आफ्नो भतिजामार्फत रात समयमा खेतमा लुकाएको छड माटो खनेर निकाल्ने क्रममा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बरामद छड एक ट्रयाक्टर छ।
खेतबाट छड बरामद भएपछि मियाँलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताए।















Discussion about this post