वैशाख २९ गते । एक शिष्यले गुरुसंगै प्राण त्यागेको घटना यतिखेर सामाजिक संजालमा भाईरल भैरहेका छन् । वास्तवमा सहि हो कि गलत सामाजिक संजाल चलाउनेहरुको लगि अहिले चासोको बिषय बनेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा यो घटना घटेको हो ।
धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहाको सुखीपुर नगरपालिका–२ को छजना टोलको हनुमान मन्दिरमा बस्दै आईरहेको १ सय २२ वर्षिय साधु विष्णु दासको गत सोमबार निधन भयो ।
साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले आ त्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला थिए । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए । मलामीहरु उनको खुट्टा तानेर बचाउने प्रयास गरे पनि दनदनी बलेको आगोबाट महतोलाई तान्न सकिएनन् । उनि पनि बाबाकै चितामा जलेका थिए ।’
बरियारपट्टीमा भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका उनी केही दिनदेखि छजनाको हनुमान मन्दिरमा आश्रय लिएर बसेका थिए । धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भएका साधु त्यस क्षेत्रका प्रसिद्ध साधु रहेकाले जगजाप गराउँदै हिड्ने गरेका थिए ।
आत्मदाह गरेका रामचन्द्र लामोसमयदेखि साधुसंग बसिरहेका थिए । साधुको चित्तामा हाम फालेर आत्मदाह गरेको भिडियो अहिले समाजिक संजालमा भाइरल भइरहेको छ ।
सिरहाका प्रहरी उपरीक्षक एसपी डेकुनन्दन इवालिम्बुले अन्त्येष्टी सीमा भन्दा ७ सय मिटर दक्षिण लक्ष्मीनिया गाउँका भएकाले आफूहरुसंग रेकर्ड नरहेको बताए । साधु यस क्षेत्रका प्रसिद्ध रहेको र यो घटना भारतमा भएको भन्ने आफ्नो मातहतबाट जानकारी भएको उनको भनाइ छ ।
यसबारे भने नेपाल प्रहरी अनभिज्ञ छन् । निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहाका प्रहरी बताउँछन् ।














Discussion about this post