आशिष विश्वकर्मा/सिरहा/बैशाख २७ गते। सिरहाका स्थानिय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुदाँ विकास निर्माणको मुख्य समायमा सेवा प्रभावित भएको छ। सिरहाको विष्णुपुर गाउँ पालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहिको काम प्रभावित भएको हो।
भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत निलम्वनमा परेपछि विष्णुपुर गाउँ पालिकाका अहिले प्रमुख प्रशासकीय अधिकृत विहिन छ। मिर्चैया नगरपालिकाको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव सरुवा भएर वडियारपट्टी गाउँपालिका गएपछि मिर्चैया नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन छ। उनीमाथि पनि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि निलम्वनमा परेका छन्।
दुवैजना प्रशासकीय अधिकृत विरुद्ध सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा कार्यरत रहेको अवस्थामा विकास निर्माणको काममा अनियमितता गरेको भन्दै आयोगले यहि बैशाख ७ गते अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले दुवैजना प्रशासकीय अधिकृतसति कर्मचारी जनप्रतिनिधी गरी २३ जनामाथि आरोप पत्र पेश गरेका छन्।
विष्णुपुर गाउँ पालिकामा प्रशासकीय अधिकृत विहिन भएपछि दैनिक प्रशासनिक काम समेत प्रभावित भएको स्थानीयहरु बताउँछन्। विकास निर्माण लगायतका कामकाज तिव्रगतिमा हुनुपर्ने समयमा प्रशासकीय अधिकृत महत निलम्वनमा परेपछि पाइला पाइलामा समस्या आईरहेको गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए। उनले भने, ‘अहिले विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बेला हो, यस्तो अवस्थामा हाकीम छैन। हाकीम नभएकाले काम प्रभावित हुनेगरेको छ।’
धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वगालेमाथि कुटपीटको घटना पछि उनी कार्यालय आएका छैनन्। उनीमाथि यहि वैशाख १५ गते ग्राभेल व्यवसायीहरुले कार्यकक्षमै ढोका थुनेर कुटपीट र गालि व्यईजति गरेका थिए।
आर्थिक वर्षको दुईमहिनामात्र बाँकी रहेपनि अहिलेसम्म धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष ०७९÷८० को करिव ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ। अहिले विकास निर्माणको कामलाई गतिदिनेबेलामा प्रमुख प्रशासकिय अधिकृत नहुदा बाँकी काम अगाढी बढ्न नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘अव प्रशासकीय अधिकृत आएर कामलाई गति दिएपनि ५० प्रतिशतभन्दा बढीकाम गर्न मुस्कील हुन्छ।’
त्यसैगरी मिर्चैया नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुदा विकास निमार्णको लगायतका कामकाज गराउन आउने सेवाग्राहीहरु मार्कामा परेका छन्।
करिव तिन महिना अगाडी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो। प्रशासकीय अधिकृतको सरुवा पश्चात तत्काललाई नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विजय महतोलाइ आर्थिक कारोवार बाहेकका जिम्मा दिएको नगर प्रमुख श्रवण यादवले जनाएको छ। उनले माथील्लो निकायमा कुराकानी भइरहेको बताए। मेयर यादवले भने, ‘अधिकृत खोजीकार्य कार्य भईरहेको छ, अधिकृत अभावमा विकास निमार्ण कार्यपनि गर्न सकिरहेको छैन। प्रयासमै छु छिटै कुन नै कुनै वेवास्ता मिलाउने प्रयासमा छौं।’
मिर्चैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेका कारण सेवाग्राही मात्र नभई पालिकामा कार्यरत कर्मचारीहरु समेत मार्कामा परेको एक जना कर्मचारीले बताए। उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको दुई महिना वितिसक्दापनि मन्त्रालयले हाकिम पठाएनन्।, हामीले दुई महिनादेखि तलब भत्तासमेत खान पाएका छैन्। तलव खान नपाएर धेरै नै समस्या भईरहेको छ।’

















Discussion about this post