लहान/वैशाख २१ गते । सिराहाको चोहर्वा तथा स्वर्गीय पत्रकार रामनारायण यादवको निजनिवास बलकबामा आज दोस्रोपटक वार्षिक स्मृतिसभा तथा बर्खी विधिवत रुपमा सम्पन्न गरेको छ । स्व.रामनारायण यादवको स्वर्गावास भएको आज १ वर्ष पूरा भएको छ । त्यसै सन्दर्भमा आज दोस्रोपटक वार्षिक स्मृतिसभा सम्पन्न गर्नु भएको छ।
कार्यक्रमको आयोजक नेपाल पत्रकार महासंघ सिराहा शाखा
, गणधारणा साप्ताहिक , रेडियो आकाशगंगा , आकाशगंगा टेलिभिजन सहितका पदाधिकारी तथा विभिन्न मिडियामा आवद्ध संचारकर्मी , मिडियाकर्मी , शिक्षक र स्थानीयहरुको उपस्थितिमा समृतिसभा मनाइएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिवदयाल यादवले गर्नु भएको थियोे । त्यसैगरी, महासंघका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल , सदस्य हरिभक्त लामा , रेडियो आकाशगंगा र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वरिष्ठ पत्रकार डा. जयनारायण यादव सहितकाले स्वागत मन्तव्य राखिएका छन् ।
हरिभक्त लामाका अनुसार – स्वर्गीय पत्रकार रामनारायण यादव स्वच्छ र मिलनसार क्षविका व्यक्तित्व हुनु हुन्थ्यो । रामनारायण यादव गणधारणा साप्ताहिकका सम्पादक र शिक्षक समेत रहनु भएको थियोे ।
योसँगै अर्का वक्ता प्रधानअध्यापक ( प्र. अ. ) ब्रहम्देव शिहँका अनुसार – रामनारायण यादव स्वर्गावास पछि रथको दुई पाङ्ग्रामध्ये उनकी धर्म पत्नी अहिले एक पाङ्ग्रे भएको अभिव्यक्त दिइएका छन । रामनारायण सर लेखक , रचनाकार , साहित्यकार , पाठ निर्देशक , लगनशील , मिहिनेती शिक्षक पेशामा राम्रो गरेको जस्तो कि पुर्ण समय विद्यार्थीहरुमा राम्रो उपलब्धि दिलाएको (प्र. अ.) शिंहले बताए ।
कोषाध्यक्ष विरेन्द्र नेपालका अनुसार – भावुकताको वर्णनात्मक चरिचय दिइनु भएको थियो । योसँगै पत्रकारिता एउटा साहित्यिक, रोचनात्मक , श्रृजनात्मक क्षेत्रमा राम्रो अथक पहल र प्रयासबाट राम्रो सफलता पलाउने जिकिर गरे।
कार्यक्रमका अध्यक्षता तथा अन्तिम वक्ता नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिवदयाल यादवका अनुसार -” मृत्युु सत्य हुन्छ ” मानिसको जन्म भएपछि उनलाई ढिलो चाँडो मृत्युु एक न एकदिन निश्चित छ । पृथ्वीमा उपलब्ध भौतिकदेखि संरचनात्मक लोप, ह्रास भई नाश मृत्युु हुन्छ। अत: स्व. रामनारायण यादव संसारबाट गएपनि, वहाँको कृतिहरु अहिलेसम्म जिबतै रहेको छ । विभिन्न पत्रपत्रिकामा वहाँको लेख , रचना , कविता , खोजमुलक कृतिहरु वृजमान रहेको छ ।

















Discussion about this post