पर्सा/बैशाख १९ गते । पर्सामा एकजना भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित प क्राउ परेका छन् ।
वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले प क्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी प क्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post