सिरहा/बैशाख १९ गते । जिल्ला अदालत बार सिराहाले न्यायाधीश लिलाराज अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला बारको बैठकले न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको हो ।
जिल्ला अदालत बार, सिराहाका अध्यक्ष मदन साहका अनुसार न्यायाधीश अधिकारीले विधिशास्त्रीय मान्यताविरुद्ध आदेश तथा फैसला गरेको, मेलमिलापबाट टुङ्ग्याउनुपर्ने मुद्दालाई पनि मेलमिलापमा नपठाएको र मुद्दा स्थगित गर्न दिइएको निवेदन अस्वीकार गरी फैसला गरेको लगायतका आरोप लगाएका छन् ।
आइतबार साँझ जिल्ला अदालत बारको बैठक बसी न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरिएको र मंगलबार कार्यालय खुलेलगत्तै सो को जानकारी सिराहा जिल्ला अदालत लगायतका सरोकारवाला निकायलाई दिइने अध्यक्ष साहले बताए । स्रोत-रातोपाटी बाट

















Discussion about this post