सिरहा । नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै मिर्चैया बजारका पसलहरू सञ्चालन हुन सकेका छैनन् ।
प्रदर्शनकारीले मिर्चैया नगरपालिका मेयर श्रवण कुमार यादवको ज्यादती र आमनागरिकको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कु टपिटका साथै दमन गरेको भन्दै उनीहरूले शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गगत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएको थियो ।
बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्यालीले राजमार्ग अवरुद्ध पारेको हो । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झ डप भएको थियो ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन २७ राउण्ड हवाइफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । झडपका क्रममा पाँच प्रहरी घाइते भएका थिए । १० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले घर घरमा गएर प्रदर्शनकारीमाथि कु टपिट गरेको आरोप लगाएको छ । घरभित्र प्रवेश गरी कु टपीट गर्दा संगीता कुमारी साह घाइते भएको उनका पती अन्जय साहले बताए । कु टपिटबाट घाइते संगीताको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।















Discussion about this post