काठमाडौं/बैशाख ६ गते । मलेसिया पठाइदिन्छु भन्दै रकम ठ गी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले प क्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले प क्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट प क्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।














Discussion about this post