चैत २४ गते । सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा महिला घाइते भएकी छिन् ।
बुधबार राजविराज वडा नं. ६ लिलजा टोलमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन् ।
वडा नं. १६ बोरिया निवासी शंकर देवले चलाइरहेको स.४प.४४९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा पछाडी सबार उनकी श्रीमती गौरी देव लडेर घाइते भएक छिन् ।
उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार पश्चात् थप उपचारका लागि युनिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post