nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : पेटभित्र रक्सीको बोतल भेटिएपछि …

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २३, २०७९, ८:४९ बिहान
मधेस प्रदेश : पेटभित्र रक्सीको बोतल भेटिएपछि …

सुरेश बिडारी/फागुन २३ गते। रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो ।

विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले आन्द्रा फुटेको आंशका गरे र एक्सरे गराउन भने । एक्सरे गराउँदा उनको पेटभित्र बोतल नै देखेपछि चिकित्सक नै आश्चर्यमा परे । लुगा लगाएर गरिएको एक्स–रेमा उनीहरुलाई विश्वास लागेन । ज्याकेटमा कतै बोतल लुकाएको पो रहेछ कि भनेर कपडा खोल्न लगाएर एक्स–रे गराइयो । त्यसपछि पनि मनिटरमा उही दृश्य दोहोरियो ।

पेटभित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर विरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरेका थिए ।

चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले पहिलो पटक यस्तो घटना देखेको जानकारी दिए । ‘सुरुमा आन्द्रा फुटेको भन्ने ठानेर उपचार सुरु गरेका थियौं, तर एक्स– रे गराउँदा पेटमा सिंगो बोतल नै देखियो’, उनले भने, ‘सिंगो बोतल नै पेटभित्र देखेपछि स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरेका हौं ।’

चन्द्रपुर अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले विरामीको स्वास्थ्य स्थिति गम्भिर देखिएपछि रिफर गरिएको बताए । ‘सिंगो बोतल नै पेटमा देखियो, दाहिने तर्फ आन्द्रा प्वाल परेको थियो’, उनले भने, ‘कसले कसरी बोतल हाल्यो भन्ने जानकारी हामीलाई छैन ।’

चन्द्रपुर अस्पतालले रिफर गरेपछि विरामीका आफन्तले विरामीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पतालमा ल्याएका थिए । अस्पतालका सञ्चालक डाक्टर श्यामबाबु पटेलले शल्यक्रिया गर्नुपर्छ भन्दा विरामीका आफन्तले नमानेको बताए । ‘एक्स रे गरेर हेर्दा बिरामीको पेटमा बोतल देखिएको थियो, पेटको सर्जनले शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा हुन्छ भने पनि आफन्तले शल्यक्रियाका गर्न मानेनन्’, उनले भने, ‘उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेछ, वीर अस्पताल लैजान सल्लाह दिएको थिएँ ।’

त्यसपछि आफन्तले उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरेका थिए । त्यहाँ सर्जन डा. नारायण बेलबासे, एनेस्थेसिया डाक्टर राजेश यादव लगायत चिकित्सक समेतको टोलीले २ घण्टा लगाएर शल्यक्रिया गरेका थिए ।

त्यसपछि विरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख देखिएको छ । डा. बेलबासेका अनुसार भेन्टिलेटरबाट विरामी आइसीयुमा आईसकेका छन् । र बोल्न थालेका छन् ।

‘पेटमा ह्विस्कीको बोतल थियो, आन्द्रा फुटेर पेटमा समस्या देखिएको रहेछ । ४८ घण्टा समय वितिसकेको थियो’, उनले भने, ‘शल्यक्रिया गरेर बोतल निकालेका छौं, आन्द्रा फुटेर पेटमा दिसा फैलिसकेको थियो । विरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेर आईसीयूमा राखिएको छ । बोल्न थालेका छन् ।’

मलद्वारबाट बोतल पसाएको हुन सक्ने आशंका गर्दै उनले मलद्वारमा कति इन्जुरी छ भन्ने जाँच गर्न बाँकी रहेको बताए । प्रहरीले पनि घटनाबारे ढिलोगरी मात्रै जानकारी पाएको बताएको छ । । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

‘उसको पेटमा बोतल भएको जानकारी हामीले आजै मात्रै पायौं, त्यतिखेरसम्म विरामी एलएस न्युरो अस्पताल पुगिसकेका थिए’, उनले भने, ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं र घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’-अनलाईनखबर बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि