बारामा एक युवकको श व फेला परेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको श व भेटिएको हो ।
तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको श व भेटिएको छ । कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने ।
काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी श व पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post