धनुषा/मङ्सिर ३ गते। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा पर्ने एभरेस्ट पेपर मिलको मेसिनमा च्यापिएर एक मजदुरको मृ त्यु भएको छ ।
कार्यरत मजदुर क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोज श्रेष्ठको मृ त्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार शनिवार बिहान १० बजे काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर उनको घटनास्थलमै मृ त्यु भएको हो । मृ तक परिवार र मजदुर तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।
















Discussion about this post