nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एमालेका उम्मेदवार जालिम मियाँले करोडौ भ्रष्टचार गरेको आरोप, अख्तियारमा १४उजुरी

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २६, २०७९, ७:५६ मध्यान्ह
एमालेका उम्मेदवार जालिम मियाँले करोडौ भ्रष्टचार गरेको आरोप, अख्तियारमा १४उजुरी

कार्तिक २६ गते। पर्साको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाका एमालेका उम्मेदवार रहेका जालिम मियाले करोडौ रुपैया भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।हालै समपन्न भएको स्थानिय चुनाव अगाडि गाउपालिको अध्यक्ष रहेको वेला मियाले करोडौ रुपैयाको काम कागरमा देखाए व्यापक भ्रष्ट्राचार गरको आरोप स्थानियले लगाएका छन् ।

पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा जालिम मियाँ गए पुसमा माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए ।आफ्नै साली पर्ने एक बालिकालाई मियाको छोराले बलात्कार गरको आरोपमा पर्सा प्रहरीले मुदा चलाउदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले सहयोग नगरेको रिसमा मिया प्रचन्डलाई त्यागदै आलीले प्रतिनिधि सभाको उम्मेदवार बनाउने सर्तमा एमाले पार्टी प्रवेश गरेका थिए ।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई हेलिकप्टर मार्फत जगरनाथपुर मै बोलाई जालिम दलबल सहित एमाले प्रवेश गरेका थिए । आफ्नै पार्टी प्रवेश कार्यक्रममा त्यसबेला गाउँपालिका अध्यक्ष रहेका जालिमले गैरकानुनी रुपले विभिन्न शीर्षकमा गाउँपालिकाको ३५ लाख रुपैयाँ सडक मर्मतमा खर्च गरेको  नेपाली कांग्रेसबाट बिजयी भएको बर्तमान गाउपालिका अध्यक्ष श्रीकान्त यादवको आरोप छ । गाउपालिका अध्यक्ष भएको बेलामा गरको भ्रष्ट्राचार र अनियमितताको बिरोधमा १४बटा भन्दा बढी उजुरी अख्तियार दुरुपयोग आयोगमा परको स्थानिय सहरुम राउत गदि बताउदैले भने, ‘जेलमा हुने मान्छे ,चुनावमा उम्मेदवार बनेको छ । ’

जालीमले गरको भ्रष्ट्राचारको सप्रमाण आफुलगायत विभिन्न स्थानिय वासीले १४वटा उजुरी दिएकोमा अख्तियारको कार्यवाहिमा तिब्रता नउनुमा राउतले खुलेरै संका व्यक्त गरे । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि राजनीतिक कार्यक्रममा गाउँपालिका, नगरपालिका वा महानगरपालिकाको बजेट खर्च गर्न पाईदैन् । तर, गाउँपालिका अध्यक्ष जालिम आफु एमाले पार्टी प्रवेश गरको बेलाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको मिलेमतोमा  पार्टी प्रवेश कार्यक्रममा मात्र ३५ लाख रुपैयाँ खर्च गरेका छन् । गाउँपालिकामा आउने नेपाल सरकार समानिकरण अनुदानको बजेटबाट जालिमले उक्त रकम खर्च गरेका हुन् ।तर अहिलेसम्म नत अख्तियारले जालिमलाई नै कार्यवाहि गरको छ ,नत तत्कालिन प्रमुख प्रशासकीय अधिकृतलाई नै कार्यवाहि गरको छ ।’

गाउँपालिकाबाट प्राप्त अभिलेखका पूर्व प्रधानमन्त्री केपी ओलीको भाषण गर्ने स्थलको मर्मत सम्भार तथा व्यवस्थापनमा ५ लाख, गाउँपालिकाको विभिन्न ठाउँमा होडिङ बोर्ड निर्माण तथा लेखन खचर्मा ५ लाख, गाउँपालिकाको कार्यालय देखि बड्का पुल हुँदै पूर्व प्रम केपी ओली ल्यान्ड गर्ने हेलिप्याड सम्मको बाटो मर्मतका लागि ५ लाख, गाउँपालिकामा भवन उद्घघाटन,  राष्ट्रिय झन्डा र मुख्य गेट निर्माणमा ५ लाख, सोहरी सुहुपुर लक्ष्मीपुर पिपरदारी जगरनाथपुर सम्मको बाटो मर्मत सम्भार तथा व्यवस्थापन ५ लाख, सुपौलाीको पिच देखी गाउँपालिकाको पशु बजार हुदै पूर्व प्रम केपी ओली भाषण गर्ने स्टेडियम सम्मको बाटो मर्मत ५ लाख, केपी ओलीको सम्मान कार्यक्रम तथा विविधमा ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरिएको  कागजमा देखाइएको छ ।

उक्त कार्यक्रममा जलिम र उनका भाई मोसालि मिया लगायत स्थानिय केहि कार्यकर्ताहरु एमाले  पार्टी प्रवेश गरेका थिए । पूर्व सहमति बमोजिम गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जालिम अध्यक्षमा उठेनन् । उनका भाई मोसालिम जगरनाथपुरको अध्यक्षमा उठेका थिए । अनेक भ्रष्टचार प्रकरणका कारण पंचायती व्यवस्था देखि जालिम परिवारको ठुलो पकडमा रहेको स्थानिय जगरनाथपुर गाउनपालीकाले उनका  भाई मोसालिमलाई हराउदै कांग्रेसका उम्मेदवार श्रीकान्त यादवसँग ठूलो मतान्तरले बिजयी बनाएको छ ।

संसदको टिकट पाउने सर्तमा एमाले छिरेका जालिम अहिले पर्सा ४ नम्बरमा कांग्रेसका रमेश रिजाल विरुद्ध उम्मेदवारी दिएका छन् ।कार्यकारी अवसर पाउँदा पदको दुरुपयोग गरि कसरी सरकारी पैसा खर्च गरिन्छ भन्ने तत्कालिन गाउँपालिका अध्यक्ष र हालका एमालेबाट पर्सा ४ का उम्मेदवार जालिम मियाको यस्ता धेरै  उदाहरणहरु रहेका छन् ।

तत्कालिन प्रशासकीय अधिकृत राज कुशवाहासँगको मिलेमतोमा जालिमले सडक ढलान बिना भुक्तानी गरेको, छात्राहरुको स्नेटरी प्याड कागजमा खरिद देखाएर भुक्तानी गरेको, गाउँपालिकाको धरौटी खाता निल गरेकै कारण अन्तिम आर्थिक वर्षको राज कुशवाहाले गाउँपालिकाको महालेखा परीक्षकबाट लेखा परीक्षण समेत नगराएको पाइएको छ ।

यसैगरी जगरनाथपुर गाउँपालिकाको अध्यक्ष हुँदा जालिमले कागजमा मात्र माटो पुरि सडक स्तरोन्नती देखाएर ४७ लाख ४८ हजार रुपैयाँ भ्रष्टचार गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित हुलाकी सडकको मन्साराम चोक देखि मोर गाउँ जाने सडकमा माटो पुरेर सडक स्तरोन्नतीका लागि ४७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । स्थानीयका अनुसार मोर हुलाकी सडकबाट मोर जाने कच्ची सडकमा एक ट्याक्टर माटो पनि न खसालिएको स्थानियको आरोप छ ।४७लाख खर्च भएको उक्त बाटोमा अहिले पैदल हिड्नसक्ने अवस्था समेत नरहेको रहेको स्थानीय ओमप्रकाश चौधरीले बताए ।

गाउँपालिका स्रोतका अनुसार जालिमले कागजमा माटो पुरेको देखाएर मात्र नभई ढलान नै नगरि समेत पैसा भुक्तानी गराएका छन् । स्रोतका अनुसार छात्राले प्रयोग गर्ने स्नेटरी प्याड समेत कागजमै खरिद देखाएर जालिमले आफू निकटका आपूर्तिकर्तालाई भुक्तानी दिलाएका छन् ।

Tags: पर्सा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि