सर्लाही/कार्तिक १५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको श व फेला परेको छ ।
बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को श व फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको श व फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
नवजात शिशुको श व पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको पोख्रेलले जानकारी दिए ।




















Discussion about this post