वीरगञ्ज/कार्तिक १२ गते । बालिका बला त्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई प क्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल प क्राउ परेका हुन् ।
१५ वर्षीया बालिकालाई असोज २३ गते राति ज र्बजस्ती क रणी गरेको उजुरीको आधारमा उनलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उजुरी परेलगत्तै आकाशलाई प क्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।
प क्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।
चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले ज र्बजस्ती क रणी गरेको आरोप बालिका पक्षको छ ।




















Discussion about this post