असार ८ गते । एक नाबालिकालाई अप हरण गरी जबर्ज स्ती क रणी गरी फ रार भएको आरोपमा एक जनालाई प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।
बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जब र्जस्ती क रणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।-रासस




















Discussion about this post