जनकपुरधाम/बैशाख ११ गते। पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको नि धन भएको छ।
झाको उपचारका क्रममा राति काठमाडौंमा नि धन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्। डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन्।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पलको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन् ।




















Discussion about this post