महेश सिंह/सिरहा/बैशाख ८ गते। लहान नगरपालिका वाडा नम्बर २४ का लागी जसापाबाट दलित समुदायका भोगेन्द्र पासमान वाडा अध्यक्षका लागी उमेदवारी दिने निर्णय गरेका छन। उनी बाल्यकाल देखि निरन्तर समाजसेवा गर्दै मधेस आन्दोलनमा भुमिका निर्वाह गरेका थिए।
राजनीतिको हरेक उताब चढाबको सामाना गरेका नेता पासमान आउने चुनावमा वाडा अध्यक्षका लागी लहान २४ बाट उनले इच्छा जाहेर गरेका छन्।
उनी दलित भएकै कारण उनलाई समाजका केहि पक्ष धरहरुको कारणले उनी पछाडि परेका हुन्।हाल नेता पासमान जसपा पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन्।
नेता पासमान लहान २४ मा वाडा अध्यक्षका लागी बलियो र लोकप्रिय उमेदवारको रूपमा चिनीएका छन्।राजनीतिमा प्रखर बक्ता समेत रहनु भएका उनी अध्यक्षका लागी अकाक्षीँ रहनु भएको छ्।





















Discussion about this post