चैत ८ गते । खेतमा शौच गर्न गएकी २२ वर्षीया एक महिला बला त्कृत भएकी छन्।
साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती महिलालाई रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बला त्कार गरेकाे आराेप छ ।
जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फ रार छन् । पीडित महिलाकाे स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ । पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएकाे छ ।
दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शाैच गर्न गएकाे बताइएकाे छ । तर, पटेलले उनलाई खेतमै पछारेर बला त्कार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । पीडितले गुहार मागेर हाेहल्ला गरेपछि पटेल फ रार भएका थिए ।




















Discussion about this post