nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज ऋषि पंचमी,यस्तो छ ऋषि पंचमी पर्व गर्नुको कारण

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०७७, १०:२५ बिहान
आज ऋषि पंचमी,यस्तो छ ऋषि पंचमी पर्व गर्नुको कारण

सजिलो पोस्ट डेस्क । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि मानिन्छ ।

हिन्दू नारीहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।तर, यसपटक कोरोनाभाइरसको महामारीका कारण जारी निषेधाज्ञाले गर्दा पशुपति लगायत क्षेत्रहरु सुनसान देखिएका छन् ।

ऋषि पंचमी पर्व गर्नुको यस्तो छ कारण

भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ।

जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत महिलाहरुद्वारा गर्ने चलन बसेर गयो ।

यो पौराणिक कर्म हो । यसका उप द्रष्टा ऋषि सबरतमा हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो । मध्यान्हकालको स्नान, रेशमी कपडा को पहिरन, शाकाहारी बिशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन, ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ।

सात घडा, सात ब्राह्मण जसलाई अन्तमा ऋषिहरुको सातै प्रतिमा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ । यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्राह्मणलाई तथा अन्यलाइ ऋषि प्रतिमासहित बस्त्रहरु दक्षिणाको रुपमा दिनु पर्दछ ।

पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिकोलागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो । शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा चाहि महिलाले मात्र यो ब्रत लिने गरेको देखिन्छ ।

बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीको पूजा गर्दा स्त्री बर्गले सौभाग्य सामाग्रीहरु अर्पण गर्नु पर्दछ । ऋषि पंचामिको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो ।

यस व्रतमा ब्रतीले हलोले नजोतेको, कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पूजा सकिएपछि कर्कलोको साग, समाको भात खाने चलन छ । यस व्रतमा साग/नीवारहरु/साँवा (श्यामाक) / कन्द-मूल / फलफूल बाहेक अरु कुरा खाइन्न । हलो, कोदालो द्वारा उत्पन्न चिज बिज अन्नपात खाइदैन ।

ब्रह्मचर्यमा रहनु यसको अनिबार्य नियम हो । पारिवारिक आनन्द सौभाग्य वृद्धि, अज्ञात पापबाट मुक्ति, शारीरिक सौन्दर्य, सद बिचारी छोरा छोरीको प्राप्ति यस चाडको लक्ष हो ।

यो ब्रतको संकल्प यस्तो हुन्छ –

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।

यस्तो संकल्प गरेर बशिष्ठ ऋषिकी पत्नी अरून्धतीका साथ सप्तर्षिहरुको पूजा गरिन्छ !

अरून्धतीको लागि मन्त्र –

अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती । कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि॥

यस मन्त्रद्वारा अरून्धतीलाइ आवाहन गरेर पूजा गरिन्छ । यो ब्रतकोलागि पूजा गरिंदा सात जना ब्राह्मणहरु ,सात बटा कलशमा सात बटा ऋषिहरु स्थापना गरी गरिन्छ ! अन्तमा ऋषिहरुको बनाइएको प्रतिमा तिनै सातजनालाई दान दीइ पठाउने चलन भेटिन्छ ।

अर्ध्यमन्त्र

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोय गौतम:।

जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:॥

गृह्णन्त्वर्ध्य मया दत्तं तुष्टा भवत मे सदा॥

वराहमिहिरको बृहत्संहिता अनुसार स्वायाम्भुव मन्वन्तरका ऋषिहरू मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु; र साध्वी अरून्धती वसिष्ठ ऋषि संग पूजा गरिन्छ । कोहि व्यक्तिहरु बैबश्वत मन्वनतरकै ऋषिहरू कश्यप ,बशिष्ठ ,भारद्वाज ,गौतम, जमदग्नि, अत्रि, विश्वामित्रको पूजा गर्दछन ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!