nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तराई मधेसका गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै , बहिनीद्वारा भाईको जीवनरक्षाको कामना यस्तो छ किंवदन्ती

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २, २०७८, १२:३४ मध्यान्ह
तराई मधेसका गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै , बहिनीद्वारा भाईको जीवनरक्षाको कामना यस्तो छ किंवदन्ती

विसुन देव सरदार/सिरहा/मंसिर गते।तराई मधेसका गाउँगाउँमा साँझ परेसँगै सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ। दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको कामना गर्दै सामा चकेवा मनाउने गर्दछन।मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने सामा चकेवा पर्व लोकनाट्यको रुप हो, सामा चकेवा ।

“माटीक सामा गरहली , बहिनो खेल चल् ली , हो भैया जिय हो जुगजुग जिय हो।गीत गाउँदै मध्यतराईका विभिन्न जिल्लामा सामा चकेवा पर्व मनाई रहेको देखिन्छ । यसको आफ्नै महत्त्व रहेको देखिन्छ । दिदीबहिनीले १० दिनसम्म भाइ–बहिनीबीचको प्रेमलाई गीत गाउँदै दर्शाउनेगर्छ। सामा चकेवा विशेषत: गाउँघरतिर छुट्टै रौनक देखिए पनि शहरबजारमा मौलाएको अवस्था देखिन्छ । यो सामा चकेवा छठको खरनाको दिन कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामाचकेवा रात्रिकालीन समयमा गाउँका छोरी र बुहारी एक ठाउँमा भेला भई माटोको विभिन्न प्रतिमासहित सामा चकेवाको गीत गाउँछन् ।

१० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाइन्छ ।बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गरेको देखिन्छ ।

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवंम लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामा-चकेवा’ पर्व कात्तिक महिनाको शुक्ल पञ्चमी देखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन।

यस्तो छ किंवदन्ती –

यस पर्वबारेको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्बबीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए । कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिए ।

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवीकी भएकी बताए । र उनीविना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ । कुरा लगाउने चुडक (चुगला)लाई भने देशनिकाला गरेका थिए ।आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन दान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!