वीरगञ्ज/असोज २२ गते। वीरगञ्ज मुर्ली नवकाटोला ईदगाहामा दाहसंस्कार गर्न लागिएको श व प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको श व प्रहरीले नियन्त्रणमा लिएको हो ।
श व पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ ।
जस मध्य १ जना नेपाली र ८ जना भारतिय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
श्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।
जब र्ज स्ती क र णीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृ त्यु भएकोले घटना लुकाउन हतारमा श व गाड्न खोजेको भन्ने सूचनाको आधारमा श व नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । श व गाड्न लागेको बेलामा गएर ल्याएका छौं’ उनले भने ‘श व पोष्टमार्टमका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ । ’परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् ।
भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।














Discussion about this post