वीरगञ्ज/असोज २० गते।वीरगञ्जमा रहेको सर्वोत्तम स्टिल प्रालिमा कार्यरत एक भारतीय मजदूरको करेन्ट लागेर ज्या न गएको छ।
वीरगञ्ज–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिल प्रा.लिमा काम गर्ने भारतीय कामदार १६ वर्षीय सचिन कुमारको ज्या न गएको प्रहरीले जनाएको छ।
मंगलबार कारखानामा रहेको गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भइ करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका सचिनको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मंगलबार दिउँसो ज्या न गएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको खनालले बताए। सर्वोत्तम स्टिलमा गत भदौ १० गते फलाम गलाउने सिसिएम भट्टी विस्फोट हुँदा जलेर १५ जना घाइते भएका थिए। तीमध्ये पाँच जना भारतीय मजदूरको पटनामा उपचारको क्रममा ज्या न गएको थियो।














Discussion about this post