nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक,पुत्रको दीर्घजीवनको आमाले गर्छिन कामना

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०७८, ८:२३ मध्यान्ह
जितिया पर्व मनाउनुको के छ कारण? जितिया पर्वको कथा यस्तो छ

गोपालप्रसाद बराल/महोत्तरी/असोज ९ गते ।महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष ९सोह्रश्राद्ध० सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् ।

“हमर बेटा ककरो धारबिगार नई करैतअछि, भगवान्् जितवाहन’क आशीर्वाद स हमर बेटा उपकारी बनत्” ९मेरो छोराले कसैको बिगार गर्दैन, भगवान् जितवाहन ९जितिया पर्वमा आराधना गरिने देवदूत०को आशीर्वादले मेरो छोरा उपकार कार्यमा मन लगाउँछ० व्र्रतको तयारीमा रहेका मिथिलानी (मिथिलाका नारी) आफ्ना पुत्रको प्रशंसामा यस्तै भनिरहेका भेटिन्छन् ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ । यस्तो ‘ओगट्न’ मध्यरातपूर्व नै खाइसक्नुपर्ने व्रत विधान रहेको वर्तालु बताउँछन् । ‘ओगट्न’ मा दहीचिउरा खाने चलनले अहिले मिथिलाका बस्ती÷बस्तीमा शुद्ध दूधको जोहोमा मिथिलानी लागी परेका देखिन्छन् । अघिल्लो मध्यरातपूर्व ‘ओगट्न’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ ।

पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यता छ । यो व्रत मङ्गलबार गर्ने तयारी छ ।

मङ्गलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ ९दर० खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन् । अहोरात्र कटाएर नवमी तिथि पर्खदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने यस व्रतको महिमा जनजिब्रोमा रहने गरेको मिथिला संस्कृतिका ज्ञाता बर्दिवास नगरपालिका–२ का दिनेशकुमार झा बताउनुहुन्छ । यसपालि मङ्गलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ ।

“सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ”, उहाँले भन्नुभयो । पुत्रको कल्याण र सौर्यवृद्धिको कामना पूरा गराउन पुत्रवती मिथिलानी ९मिथिलाका नारी०ले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको जितिया व्रत बस्दै आउनुभएकी भङ्गाहा नगरपालिका–६ मदनपट्टि थारु बस्तीकी ४० वर्षीया रामरती चौधरीले बताउनुभयो ।

पर्वमा सप्तमीका दिन ९निराहार व्रतको एक दिन पहिले० बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, नन्द–आमाज्यू र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ । यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिन्छ । ति सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र ९नाति०, प्रपौत्र ९पनाति० र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आएको यस पर्वबारे पछिल्लो पुस्ता अनविज्ञ हुँदै गएको छ । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्यवृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्तामाझ सुनिन थालेको छ । पहिला आमाले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर विभेद घुसाइएको बर्दिवास नगरपालिका–९ का सामाजिक र राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउनुहुन्छ । आफूले पछिल्ला २५ वर्षदेखि सुरु गरेको यस पर्वमा ‘पुत्र’का लागि मात्र नभएर हरेक सन्तानको कल्याणका लागि गर्दै आएको उहाँको भनाइ छ ।

व्रत अवधिमा वर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक विधवा ब्रह्माणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन ९देवरुप०ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै भएको हुनसक्ने मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!