nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नाग पञ्चमी : किन मनाईन्छ, धार्मिक मान्यता र प्रचलित कथा सहित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २९, २०७८, १:१९ मध्यान्ह
आज नाग पञ्चमी : किन मनाईन्छ, धार्मिक मान्यता र प्रचलित कथा सहित

जनकपुरधाम/श्रावण २९ गते।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आजका दिन हिन्दू धर्म अनुसार नागको तस्बिरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसदिन ढोकाको दुवैतिर गोबर लगाएर नागको फोटो टाँसिन्छ । जल दूध र घिउले सर्पलाई स्नान गराइन्छ । गहुँ दुवो धानको लावा दही चामलको दूध आदिले नागको पूजा गरिन्छ। कालो रङको सर्पको विशेष पूजा गरिन्छ भन्ने लेखिएको छ । नागको पूजा गर्नाले सात कुलपर्यन्त सर्पदेखि भए रहँदैन।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । काठमाडौँ पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायत देशका विभिन्न नाग मन्दिरमा नागपञ्चमीको पूजा गर्नेहरुको घुइँचो लाग्छ ।

नागपञ्चमीका बारेमा दुईवटा कथा निकै प्रचलित छन्:

एउटा किसान खेत जोतिरहेको थियो । अचानक उस्को हलोको फाली कुनै सर्पको प्वालमा गएर धस्यो जस्ले गर्दा प्वालमा जति सर्प थिए सबै मरे । केहिबेरमा जब ती सर्पहरूको आमा आईन तव आफ्नो बच्चाहरुलाई मरेको देखेर किसानको सबै परिवारलाई टोकी दिईन्। त्यति गर्दापनि उसको रिस शान्त भएन अब किसानको विवाह गरेर गएकी छोरी बाँकी रही त्यसलाई पनि डसेर मारिदिन भनि त्यसको घरतर्फ जाँदा किसानको छोरीले नागको पूजा गर्न भनि सबै सामान तयार पारी आँखा चिम्ली नागको ध्यान गरिराखेकी थिहि। नागिनाी त्यहाँ पुग्दा अलि पर चन्दन, अक्षता र दूध राखिएको देखि नागिनीले चन्दन आफ्नो शरीरमा लगाइन् र दूध- चामल सेवन गरिन्। यत्तिकैमा उनको रिस मर्यो र आफ्नो पूजा सत्कार देखेर नागिनी ती केटीसँग विशेष रूपले प्रसन्न भईन ।

जब किसानको छोरिले ध्यान सकेपछि आँखा खोलिन तब उनको परिवारको नाश भएको समचार पाइन। केटीलाई धेरै दुःख लाग्यो उनले नागिनीसँग प्रार्थना गरी भनिन् कि मेरा पिताका सबै घर परिवारलाई पुनर्जीवन प्रदान होस् नागिनी प्रसन्न त थिइन नै उनले अमृत दिइन । त्यो अमृत आफ्नो पिताको सबै परिवारलाई पिउन दिई सबै परिवारलाई फेरि जीवन प्रदान गरिन्। तसर्थ भनिन्छ कि त्यसबेला देखि श्रावण पञ्चमीमा हलो चलाउन हुँदैन भनी बन्द गरियो र कसैलाई खेतमा गएर सागपात काट्न पनि दिइएन त्यतिबेलादेखि नै नागको पूजा गर्न थालिएको हो।

यो लेख अलि लामो हुने भएको हुँदा अर्को कथा चाहिँ लेखेको छैन यदि हजुरहरुले पढ्न र सुन्न चाहनु भएको छ भने कमेन्ट गर्नुहोला र अर्को कथा पनि यो सँगै राख्ने कोशिस गर्ने छु ।

अन्ततःनागपञ्चमीका दिन अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नामका अष्ट नागहरुको पुजा गरिन्छ । नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत खोल्नु पर्छ । नागलाई आरती उतार्नु पर्छ । यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फर्केर पुजा गरी बिदा गर्नु पर्छ र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!