काठमाडौं/भदौ १४ गते। रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।
उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्याएर सानो प्वालमार्फत भित्र हावा पठाइएको छ। सुरुङभित्र अक्सिजनको व्यवस्था मिलाएसँगै खन्ने काम अघि बढाएर उद्धार टोलीलाई नै भित्र पठाउने योजनाका साथ टोली निरन्तर सक्रिय भइरहेको छ।
उद्धारकार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत टोली सुरुङको माथिल्लो भागसम्म पुगेर उद्धार प्रक्रिया अगाडि बढाएको बताएका छन्। फसेकाहरूलाई सकुशल बाहिर निकाल्न उद्धारकर्मीहरू युद्धस्तरमा खटिरहेका छन्।















Discussion about this post