काठमाडौं/भदौ १३ गते । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरेको छ।
शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन र चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
जसमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३६ जना रहेका छन्। त्यस्तै तीव्र गतिमा सवारी हाँक्ने ९१ जना, रातो बत्ती मिच्ने २२ जना, अवस्था ठिक नभएका सवारी चलाउने १५ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ८ जना, वान-वे उल्लङ्घन गर्ने ५ जना र लेन अनुशासन पालना नगर्ने ३ जना चालक कारबाहीमा परेका छन्।
त्यसैगरी, सिसिटिभी फुटेजका आधारमा ५० जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।















Discussion about this post