काठमाडौं, १ भदौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । गत बुधवार पक्राउ परेका श्रेष्ठले गोपनियता हनन गरेको आरोपमा पक्राउ गरेको थियो।
यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो । उता, सर्वोच्च अदालतमा श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्वा आजै सुनवाई हुदैछ ।















Discussion about this post