nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ट्री अफ द इयर नेपाल २०२६ : कोशीका प्रणय धाख्वा राष्ट्रिय विजेता

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, ६:४९ मध्यान्ह
ट्री अफ द इयर नेपाल २०२६ : कोशीका प्रणय धाख्वा राष्ट्रिय विजेता

काठमाडौं/साउन ३० गते । वातावरण संरक्षण र वृक्षको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ट्री अफ द इयर नेपाल २०२६’ को राष्ट्रिय उपाधि कोशी प्रदेशका प्रणय धाख्वाले जितेका छन्।

तारागाउँ नेक्स्टमा आयोजित समारोहमा सातै प्रदेशका प्रादेशिक विजेताले आफ्ना वृक्षसँग जोडिएका प्रेरणादायी कथा प्रस्तुत गरेका थिए। ती प्रस्तुतीका आधारमा धाख्वा प्रथम, मधेश प्रदेशका महमद जावेद आलम प्रथम रनरअप तथा लुम्बिनी प्रदेशका अनिश खनाल द्वितीय रनरअप घोषित भए।

विजेता धाख्वाले ५० हजार रुपैयाँ नगद पुरस्कार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे। प्रथम रनरअप आलमले २५ हजार रुपैयाँ नगद, गिफ्ट ह्याम्पर र प्रमाणपत्र तथा द्वितीय रनरअप खनालले १५ हजार रुपैयाँ नगद, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रममा कोशी प्रदेशका प्रणय धाख्वा, मधेशका महमद जावेद आलम, बागमतीकी ओजस्वी थापा, गण्डकीकी निशा मिश्र, लुम्बिनीका अनिश खनाल, कर्णालीका जीवन गिरी र सुदूरपश्चिमकी मोनिका भट्टले आ–आफ्ना प्रदेशबाट छनोट भएका वृक्षका कथा प्रस्तुत गरेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा प्रेच्या बज्राचार्य, बालकृष्ण साह, प्रा. रमेश सापकोटा र निकिता श्रेष्ठ रहेका थिए। विभिन्न क्षेत्रको विज्ञता भएका निर्णायकले सहभागीका कथा, प्रस्तुति तथा वृक्षसँग जोडिएको संरक्षणको महत्वका आधारमा मूल्यांकन गरेका थिए।

पुराना रूख जोगाउन युवा पुस्तालाई आह्वान

कार्यक्रमको उद्घाटन मन्तव्यमा क्रीएसन का संस्थापक आनन्द मिश्रले संस्थाको वातावरण संरक्षणसँग जोडिएको यात्राबारे जानकारी दिँदै ‘एसियन ट्री अफ द इयर’बाट प्रेरित भएर क्रीएसन ले सन् २०१७ मा ‘ट्री अफ द इयर नेपाल’ अभियान सुरु गरेको बताए।

उनले नयाँ बिरुवा रोप्नु आवश्यक भए पनि त्यसलाई ठूलो रूख बन्न वर्षौं लाग्ने भएकाले पहिल्यै हुर्किसकेका पुराना रूख र विद्यमान वन संरक्षण गर्नु अझ महत्वपूर्ण रहेको बताए। सहरी विकासका नाममा ठूला रूख काटिँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मिश्रले प्राकृतिक सम्पदाको संरक्षणमा युवा पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिए।

क्रीएसन की महासचिव रोश्ना सुवेदीले जैविक विविधता र वातावरण संरक्षणका लागि रूखको विविधता जोगाउनु आवश्यक रहेको बताइन्। उनले प्रकृति संरक्षण कुनै एउटा धर्म, समुदाय वा विश्वास प्रणालीसँग मात्र सम्बन्धित विषय नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।

सुवेदीले अभियान सुरु भएको पहिलो वर्ष जम्मा १० जना सहभागी भएको स्मरण गर्दै अहिले सातै प्रदेशबाट उत्साहजनक सहभागिता हुनु क्रीएसन परिवारका लागि भावनात्मक र महत्वपूर्ण उपलब्धि भएको बताइन्।

रूखका जराबाट जीवनको संघर्ष सिक्नुपर्ने सन्देश

युनोप्स का कार्य्क्रम ब्यबस्थापन सल्लाहकार डा. चुडामणि जोशीले रूखका जरा र मानिसको जीवनबीचको सम्बन्ध प्रस्तुत गर्दै रूखको फल र फूल सबैले देखे पनि त्यसलाई उभ्याइराख्ने जराले गर्ने संघर्ष प्रायः ओझेलमा पर्ने बताए।

उनले मानिसको जीवनमा पनि सफलता र प्रसिद्धि देखिए पनि त्यसपछाडिको संघर्ष कमै देखिने उल्लेख गर्दै युवालाई आफ्नो ‘जरा’ बलियो बनाउन, संघर्षलाई स्वीकार गर्न र भावी पुस्तालाई हरियाली ग्रह हस्तान्तरण गर्ने पुस्ता बन्न आह्वान गरे।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. घनश्याम गुरुङको नेतृत्वमा संरक्षणकर्मी चुङ्बा शेर्पाको योगदानको स्मरणसमेत गरिएको थियो। डा. गुरुङले शेर्पाको जीवन र संरक्षण यात्राबाट प्रेरणा लिन युवालाई आग्रह गर्दै आफ्नो लक्ष्यप्रति दृढ रहन र त्यसका लागि निरन्तर मेहनत गर्नुपर्ने बताए।

उनले तीव्र गतिमा परिवर्तन भइरहेको समाजमा ‘संस्कृति अफ एप्रिसिएसन’ अर्थात् कृतज्ञता र सम्मानको संस्कृतिलाई जीवित राख्नु आवश्यक रहेको बताए।

रूखकै दृष्टिकोणबाट कथा सुनाउने प्रस्ताव

कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले आगामी संस्करणमा रूखकै दृष्टिकोणबाट कथा प्रस्तुत गर्ने अवधारणामा समेत काम गर्नुपर्ने धारणा राखे।

क्रीएसन ले सुरु गरेको यस्तो रचनात्मक अभियानले वृक्ष तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याएको भन्दै प्याकुरेलले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रमको समापनमा क्रीएसन नेपाल की अध्यक्ष अरुणा कार्कीले प्रतियोगिताका विजेता, सहभागी, निर्णायक, अतिथि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।

सन् २०१७ मा सुरु भएको ‘ट्री अफ द इयर नेपाल’ अभियानले नेपालका विभिन्न भूगोलमा रहेका महत्वपूर्ण र प्रेरणादायी रूखका कथा सार्वजनिक गर्दै वृक्ष संरक्षणलाई समुदाय, युवा र वातावरणीय अभियानसँग जोड्ने प्रयास गर्दै आएको छ।

कार्यक्रमले नयाँ रूख रोप्ने अभियानसँगै पुराना रूख, वन र प्राकृतिक सम्पदाको संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

मधुश्रावणी पर्व सम्पन्न

मधुश्रावणी पर्व सम्पन्न

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि