nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, १:५१ मध्यान्ह
बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

सञ्जय मिश्रा/रौतहट/साउन ३० गते। भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि भएकाे छ ।

दुर्घटनामा मृत्यु भएका १२ वर्षीय बालकको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । बोलबम यात्राका लागि रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार भारतमा पोस्टमार्टम सम्पन्न भएपछि मृतकका आफन्तले शनिबार बिहान करिब ८ः३० बजे शव नेपाल ल्याएका थिए । नेपाल ल्याइएका गरुडा–६ पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी र उनकी श्रीमती ६२ वर्षीया श्रीमती सुन्दरकला देवीको शव झाँझ खोलास्थित शिवनगर घाटमा पुर्‍याइएको छ । दम्पतीको एउटै चिहानमा अन्त्येष्टि भइरहेको प्रहरीले जनाएको छ ।

दम्पतीको शव एउटै फर्कीमा राखेर घरबाट झाँझ खोलाको किनारमा रहेको घाटसम्म लगिएको थियो । अन्त्येष्टिस्थलमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी टोलीसमेत खटाइएको छ । दुर्घटनामा मृत्यु भएका सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । उनका बुवा रोजगारीका सिलसिलामा विदेशमा रहेकाले बुवा नेपाल फर्किएपछि मात्रै अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

गरुडा–६ पोठियाहीबाट गत आइतबार बाबाधाम यात्राका लागि छुटेको ना ६ ख १५५४ नम्बरको बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए । बासुकीनाथ दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे सतगावाँ क्षेत्रमा बस मालवाहक ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले अहिल्यै यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु तथा घाइते भएका अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीकै रहेको बताइएको छ । घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ । दुर्घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्त विभिन्न सवारीसाधन रिजर्भ गरी भारत पुगेका थिए । उनीहरूले घटनास्थल तथा घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेर आफन्तको अवस्थाबारे जानकारी लिएका थिए ।

Tags: समाचार

Discussion about this post

Related Posts

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि