nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १७, २०८३, ७:५६ मध्यान्ह
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं/साउन १७ गते। फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ ।

‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती भएकाले स्वदेशमै अवसर सिर्जना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

कन्क्लेभमा यस वर्षको ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको थियो । उहाँलाई नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई ५० हजार रुपियाँ नगद सहयोगसहित विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा सुलभ राज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले युवाहरूलाई गुरु र अभिभावकप्रति सम्मानभाव राख्न तथा भ्रष्टाचारविरुद्ध सचेत भएर उभिन आग्रह गरे।

कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको निधन भएको खबर पुष्टि भएपछि उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै युवालाई लक्ष्यप्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन प्रेरित गरेका थिए ।

यस्तै, पर्वतारोही कविता नेपाली, हाँस्य कलाकार मेक्सम गौडेल, सामग्री सर्जक साई ग्रेस, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक बृजेश श्रेष्ठ, पारस वम ठकुरी (कुल ब्वाइ), कन्टेन्ट क्रियटर कुशुम नेपाल, गायक तथा संगीतकार एसटी म्यान, एक्सपर्ट डाइरेक्टर खेम संग्रौलालगायतले आफ्ना अनुभव र प्रस्तुति प्रस्तुत गरेका थिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा शिक्षा, खेलकुद, प्रविधि तथा नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

Tags: समाचार

Discussion about this post

Related Posts

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!