काठमाडौं/साउन ७ गते। सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिन मन्त्रालयका कर्मचारीलाई स्पष्ट कार्यदिशा दिएका छन् ।
मन्त्रालयमा प्राप्त हुने फाइल एक दिनभित्रै र अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल अधिकतम पाँच दिनभित्र टुङ्ग्याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउन ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गरिएको छ।
साथै, चालु आर्थिक वर्षमै आमसञ्चार र मिडिया काउन्सिलसहित ६ वटा विधेयक सङ्घीय संसद्मा पेश गर्ने लक्ष्यका साथ बजेट कार्यान्वयन, कानुन निर्माण तथा प्रशासनिक सुधारलाई थप नतिजामुखी बनाउन दैनिक देखि मासिक समीक्षा र जिम्मेवारी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ ।















Discussion about this post