काठमाडौं/साउन ६ गते । नेपाली कांग्रेस कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
त्यसो त सांसद शाह मात्रै होइन, कृष्णनगरका मेयर रजतप्रताप शाहविरूद्व ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ । शर्मालाई भने आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।















Discussion about this post