काठमाडौं/साउन ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको हस्तकला व्यवसायलाई विकास, विस्तार र संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।
नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला व्यवसायलाई प्राथमिकता दिने नीति निर्माण गरिने तथा रोजगार सिर्जना, परम्परागत सीप पुस्तान्तरण र कला संरक्षणमा सरकार दृढ रहेको आश्वासनसमेत दिएका छन ।
साथै, प्रधानमन्त्री शाहले सार्वजनिक निजी साझेदारी मोडलमा हस्तकला विकास बोर्ड गठन, हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउने, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन अनिवार्य गर्नुपर्नेलगायत महासंघका पदाधिकारीको मागमा सकारात्मक प्रतिक्रिया दिए ।
काठमाण्डौं उपत्यकामा हस्तकला ग्राम स्थापना र सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र खोल्न सरकार तयार रहेको पनि प्रधानमन्त्री शाहले बताए ।















Discussion about this post