nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८३, ५:५५ मध्यान्ह
मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ/साउन ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनुभएको छ ।

इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायत विविधतालाई पनि बिर्सन हुँदैन । वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्नेगरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई तीव्र रुपमा अघि बढाउनु आवश्यक छ ।”

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजना प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ ।”

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन हामीले व्यवहार र आचरणमा अवलम्बन गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उदेश्य पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिएमात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “समयले आज त्यो दायित्व तपाईहरूलाई सुम्पेको छ । हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा बिदेसिनेक्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो । म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर÷आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।”

 

Tags: समाचार

Discussion about this post

Related Posts

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि